Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भिजिबिलिटीमा सुधार आएपछि हवाई उडान सामान्य बन्दै

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंमा हवाई उडान सामान्य प्रभावित भएको भए पनि अहिले सुधार भइसकेकाे छ ।

मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका थिए ।

अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ ।

आज बिहान भिजिबिलिटी कम हुँदा विहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसक्दा भारतको कोलकात्ता ‘डाइभर्र्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्य

सैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।

मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077