Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन् ।

उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले यस्तो बताएका हुन् ।

उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि ।त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’

कांग्रेसले उपसभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। सभामुखमा आफ्नो दललाई सहयोग गरेका दलहरुसँग सल्लाह गरेर उपसभामुखको उम्मेद्वार तय गर्ने लेखकले बताए ।

उपसभामुखको मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ। कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेद्वार बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077