Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः सवारी आवगमन बन्द गरिने भएको छ । पुल निर्माणका लागि पहाड काट्ने काम नसकिएकाले उक्त सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको हो ।

एक महिना अगाडिदेखि बन्द गरेर सडक निर्माणको काम गर्दा काम थप प्रभावकारी भएकाले पुनः सोही क्रम दोहोर्याउन लागिएको नारायणगढ–मुग्लिन सडक योजनाले जनाएको छ ।

यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको उक्त सडकखण्डमा समय भने परिवर्तन गरिएको छ । अब दिउँसो १२ देखि ४ बजेसम्म बन्द गरिने भएको छ ।

यातायात व्यवसायीको अनुरोधमा समय परिवर्तन गरिएको हो । आजबाट दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077