Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • क्यासिनो आगलागीमा ज्यान गुमाएका पाण्डेको शव आज नेपाल आइपुग्ने

    क्यासिनो आगलागीमा ज्यान गुमाएका पाण्डेको शव आज नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 891
    SHARES

    काठमाडौं । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ ।

    क्यासिनोमा आगलागी हुँदा होटेलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।



    कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।



    निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदै छ । शव शुक्रबार ९आज० राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा लैजाने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार