Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं

    प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताएका हुन्।



    उनले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास भइरहेको बताए ।



    उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’

    उनले आज सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको भन्दै उपसभामुखमा पनि यसैगरी गठब्धनका उम्मेदवार निर्वाचित हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार