Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीजीको ढोक्सामा पर्‍यो, राष्ट्रपति हाम्रोमा पार्नेगरी लाग्छौं : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि ढोक्सा थापेको बताएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनपछि बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

शर्माले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले हामीलाई ढोक्सा थापेको भन्नुहुन्थ्यो । तर, उहाँले चाहि थाप्नुभएको रहेछ । चुनावमा जाँदै गर्दा हामी एउटै गठबन्धन बनाएर गएका थियौं । १० गते ३ बजे सहमति नभए ५ बजेसम्ममा त हुन्थ्यो होला ।

हाम्रो बिचमा कुरा नमिलिरहेको बेलामा ढोक्सा कमरेड ओलीले थाप्नुभएको थियो । जसमा उहाँ सफल हुनुभयो ।’

जनताले सरकार र शितलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको जिकिर गरे । शर्माले परिणाम हासिल गर्ने हिसाबले राष्ट्रपतिमा उम्मेदवार उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077