काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले म्यानपावर कम्पनीमा श्रममन्त्री डोलप्रसाद अर्यालको लगानी देखाउन चुनौती दिएका छन् ।
गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि प्रमाण दिए आफू कारबाहीका लागि तयार रहेको बताएका हुन् ।
उनले श्रममन्त्री अर्यालको संलग्नता म्यानपावर कम्पनीमा देखिए सुरुमा आफैँले कारबाही गर्ने बताए । उनले अर्यालको संलग्नता कतै देखिए आफूलाई बताउन आग्रहसमेत गरे।
उनले भने, ‘श्रममन्त्रीको संलग्नता रहेको भए सेयरलगत देखिन्छ। केही न केही कागजात हुन्छ। तर हामीले त्यस्तो पाएका छैनौं। उहाँले स्पष्टीकरणमा पनि आफ्नो संलग्नता नरहेको बताउनुभएको छ। तपाइँहरुले संलग्नता देख्नुभए खबर गर्नुहोला। सुरमा म आफैँले कारबाही गर्छु।’
उनले उपराष्ट्रपति आफूहरुले पाउनु सहमति भएको बताए। त्यस विषयमा पार्टीको बैठक भोलि बस्ने र उम्मेदवार चयनबारे छलफल हुने उनले बताए।
Leave a Reply