Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छातीमा मुड्कीले हानेर सभामुखमा ईश्वरीलाई समर्थन गर्छौं : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् ।

सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्ने बताएका हुन् ।

केसीले भने,‘मुलुक संकटमा छ । सत्ताको लागि सिद्धान्त,इमान नहुने । सत्ताका लागि जो सँग पनि शरण पर्ने प्रवृत्ति छ । लोकतन्त्र धरापमा परेको छ । शक्ति केन्द्रहरुले आफूहरुले चाहेको खेल्न सक्छन् । लोकतन्त्र त ल्यायौं । यो उपलब्धीलाई संस्थागत गर्न सकेनौं ।’

नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाए । तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077