Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ज्युँदो बच्चालाई मृत घोषणा गर्ने डाक्टर निलम्बित

    ज्युँदो बच्चालाई मृत घोषणा गर्ने डाक्टर निलम्बित

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 783
    SHARES

    विराटनगर । कोशी अस्पतालको इमर्जेन्सीमा उपचाररत १८ दिनको शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ ।

    अस्पतालले बिहीबार छानबिन समिति गठन गर्दै प्रतिवेदन नआएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।



    डा यादवसहित अहेव लक्ष्मण माझी र टीका अधिकारीलाई निलम्बन गरेको हो ।



    डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधबार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो ।

    चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार