काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको बताएका छन् ।
बुधबार राति ट्वीटरमार्फत मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि व्यक्त गर्दै सांसदसमेत रहेका राउतले यस्तो बताएका हुन् ।
उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएकोबताए । कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको उनको आक्रोश छ ।
यस्तै उनले सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए ।
‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन् । मधेशले यसको प्रतिकार गर्नेछ,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै #शासकवर्गले बूलडोज गरेको हो। चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, “यो देश तिम्रो होइन” भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ। pic.twitter.com/JjIsS3DzUc
— Dr. CK Raut (@drckraut) January 18, 2023
Leave a Reply