काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ।
यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन्।
यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन्।
समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ ।
पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको कार्यक्रममा पार्टी जनसंगठनका अध्यक्ष र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाँटका इञ्चार्जको संयुक्त छलफलबाट नेता खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।