काठमाडौं । सबै मन्त्रालयले ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम कार्यक्रमलाई कार्वान्वयनका लागि कार्ययोजना बनाउने निर्णय गरेको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित भएर सबै मन्त्रालयहरुलाई कार्ययोजना निर्माणका लागि ७ दिनको समय दिने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
सबै मन्त्रालयहरुले कार्ययोजना बनाउने र मन्त्रिपरिषद्मा पेस गरेपछि त्यसकै आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयको कार्यान्वयनलाई अगाडि बढाइने उनको भनाई छ ।