Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • डा.सन्दुक रुइतले भने – मैले आफ्नो स्थान राम्रोसँग बुझेको छु, राष्ट्रपति पद मेरा लागि होइन

    डा.सन्दुक रुइतले भने – मैले आफ्नो स्थान राम्रोसँग बुझेको छु, राष्ट्रपति पद मेरा लागि होइन

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 648
    SHARES

    काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् ।

    बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्ट पारेका हुन् ।



    डा.रुइतले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ ।



    तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु । म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो काम भन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’

    अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा.रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार