Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री शर्माले भने - कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।

शर्माले भने, ‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ । अहिलेलाई यतिमात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन । किनभने अहिले हामी सभामुखको चरणमा छौं । सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चरण जब आउँछ, त्यसपछि थाहा हुन्छ । यसका लागि समय लाग्छ । ’

केही दिनअघि नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो ।

त्यसयता कांग्रेस नेताहरूले माओवादीसँग राष्ट्रपतिमा सहमति भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077