Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • जीवित शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट

    जीवित शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 1.1K
    SHARES

    विराटनगर । कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ ।

    मोरङ जहदा-३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा.अनिल यादवले मृत घोषणा गरेका थिए ।



    डाक्टरले मृत्यु भइसकेको भनिएकी शिशुको अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।



    कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् ।

    श्वासप्रश्वासमा समस्या भएपछि मुखिया परिवारले आज बिहान शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । राम्रोसँग परीक्षण नै नगरी यादवले मृत घोषणा गरेको परिवारले जनाएको छ ।

    दिलिपकी पत्नी उमाले पुस १७ मा छोरीलाई जन्म दिएकी थिइन् । जन्मताका शिशुको तौल १ किलो ४ सय ग्राम थियो । हस्पिटलमा केही दिनको बसाईपछि डिस्चार्ज गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार