Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।

मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077