सुनसरी । सुनसरीमा भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी एक कार्यक्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
मंगलबार सुनसरीको बर्जु गाउँपालिका– ६ मा आयोजित बर्जु महोत्सवमा कलाकार यादव सहभागी कार्यक्रममा झडप भएको हो ।
झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रशासनको अनुमतिविना भारतीय कलाकार खेसारीलाल यादवलाई बोलाएर कार्यक्रम गरिएको बताइएको छ ।
हजारौँको संख्यामा सहभागी दर्शकहरूले टिकट नभएको र प्रत्यक्ष हेर्न नदिएको भन्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।
हुलदंगा भएपछि भारत बिहारका कलाकार खेसारीलाललाई प्रहरीले सुरक्षा दिएर बिचैमा बोर्डर क्रस गराएको छ । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ । यादव सहभागी कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको बताइएको छ ।
गत वर्ष यही समयमा भारतीय कलाकार खेसारीलाललाई ल्याउन भनी अन्तिम समयमा नल्याउँदा स्थानीयले तोडफोड र आगजनी गरेका थिए। आगजनी र तोडफोडबाट दुई करोड बढीको क्षति भएको थियो ।
Leave a Reply