Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा सर्वदलीय बैठक सुरु

    बालुवाटारमा सर्वदलीय बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ । बैठकका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक बाुलवाटार पुगेका छन् ।



    त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल एवम् नवनियुक्त मन्त्री रेखा शर्मा पनि आइसकेका छन् भने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि उपस्थित भइसकेका छन् ।



    सर्वदलीय बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार