Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पूर्वप्रहरी प्रमुख प्रधानलाई कानुन बनाउने जिम्मा

    पूर्वप्रहरी प्रमुख प्रधानलाई कानुन बनाउने जिम्मा

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 555
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) ध्रुबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन मन्त्री नियुक्त गरेका हुन् ।

    नवनियुक्त मन्त्री प्रधानको काँधमा अब संसदबाट अनुमोदन हुने कानुनको मस्यौदा निर्माण गर्नुपर्ने मूल दायित्व छ ।



    नवलवरासी–२ बाट पूर्व गृहराज्य मन्त्री रहेका कांग्रेस नेता देवेन्द्रराज कँडेललाई हराएपछि प्रधानको बाटो बदलियो, संघीय संसदको सांसद बनेका थिए । राप्रपा सरकारमा सहभागी हुँदा प्रधानले महत्वपूर्ण मन्त्रालयको नेतृत्वको जिम्मेवारी पाएका छन् ।



    ३० वर्ष नेपाल प्रहरीमा रहँदा सधैं कानुनको रक्षार्थ उभिएका प्रधानले महानिरीक्षक भएर २०५३ देखि ०५४ सम्म प्रहरी प्रशासनको नेतृत्व गरे ।

    प्रहरी सेवा छाडेका प्रधानले अब विद्यमान नभएर नयाँ कानूनको मस्यौदा कोर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार