Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष यादवले भने - आजसम्म सरकारलाई समर्थन छ, भोलि के हुन्छ भन्न सकिन्न

काठमाडौं । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ। जसपामा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका शीर्ष नेताहरूले आफ्नो पार्टीको कुरा नै नसुनेर उपेक्षा गरेको आरोप लगाएका हन्।

यादवले सत्ता गठबन्धनका अरू दलले एकलौटी निर्णय गर्न खोजेको समेत बताए। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। झन्डै पाँच घन्टा चलेको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको थियो।

यादवले भने, ‘हिजोको बैठकमा हाम्रा कुरा सुन्नै खोजिएन। उहाँहरूले दिएअनुसार मात्रै हामीले लिन पर्ने कुरा आयो। त्यसपछि हामी सरकारमा नगएको हो । हाम्रा कुरा यी हुन् भनेर हामीले भन्नसमेत पाएनौं। न न्यूनतम साझा कार्यक्रममा हाम्रा कुरा सुन्ने काम भयो। न त मन्त्रिपरिषद विस्तारमै हामीसँग छलफल भयो।’

उनले तत्काल सरकारलाई समर्थन गरिरहने भए पनि भावी दिनमा के हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताए। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्। अध्यक्ष यादव भने सप्तरी-२ बाट पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077