Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारसँग असन्तुष्ट जसपाले बोलायो पदाधिकारी बैठक,अध्यक्ष यादव भन्छन्- भागबण्डामा उपेक्षा गरियो

    सरकारसँग असन्तुष्ट जसपाले बोलायो पदाधिकारी बैठक,अध्यक्ष यादव भन्छन्- भागबण्डामा उपेक्षा गरियो

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 657
    SHARES

    काठमाडौं । सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) असन्तुष्ट बनेको छ । सरकारसँग सहमति भए मात्र सरकारमा जसपाका अध्यक्ष उपेन्द्र यादवले बताएका हुन् ।

    सरकारलाई समर्थन तथा विश्वासको मत दिनका लागि मात्र सत्ता साझेदारी दलसँग सहमति भएको थियो ।  जसपासँग १२ जना सांसद छन् । उसले ३ वटा मन्त्रालय तथा उपराष्ट्रमा दाबी गरेको छ ।



    राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने जसपाले भन्दै आएको छ । अध्यक्ष यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे ।



    हिजो बसेको सत्तारुढ दलहरूको बैठकले आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ । जसपाले उपलब्ध पदाधिकारीको बैठक बोलाएको छ । पार्टीमा छलफल गरेर थप निर्णय गर्ने बताइएको छ  ।जसपाले मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाई सकेको छ ।

    यहाँ केन्द्रीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गरी दुईटा मन्त्रालय जसपाको भागमा परेको छ । तर यी दुईटा मन्त्रालयमा जसपा सन्तुष्ट छैन । हिजो गरेको मन्त्रालय बाँडफाँडमा जसपाले असहमति जनाउँदै आएको छ ।

    हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । साथै, उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार