Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट को-को हुँदैछन् मन्त्री ?

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट को-को हुँदैछन् मन्त्री ?

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 909
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन मन्त्रीको नाम टुंग्याएको छ । सुरुमा सरकार निर्माणका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको राप्रपा पनि सरकारमा सहभागी हुने भएको छ ।

    त्यसका लागि सोमबार साँझ बसेको सत्ता साझेदार दलहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो । उक्त भागबण्डा टुंगिएसँगै राप्रपाले पनि सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको हो ।



    राप्रपाको भागमा तीन मन्त्रीसहित एक राज्यमन्त्री परेको छ । जसमा उपप्रधानसहित उर्जा मन्त्रालय पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई, सहरी विकास मन्त्रालय ध्रुवबहादुर प्रधानलाई, युवा तथा खेलकुद धवल शमशेर वा विक्रम पाण्डेमध्ये एक जना र राज्यमन्त्रीमा दिपक सिंहलाई दिइने टुंगो लागेको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन् । राप्रपाले सत्ता साझेदार दलहरूको बैठकमा ४ मन्त्रालय पाउनुपर्ने दाबी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार