Online Nepal
  • बुधबार, १० पुष २०८१
  • इटालीका कुख्यात फरार माफिया बोस पक्राउ

    इटालीका कुख्यात फरार माफिया बोस पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 849
    SHARES

    एजेन्सी । इटालीको एक नम्बर कुख्यात माफिया बोसका रूपमा परिचित मात्तियो मेस्सिना दिनारोलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सिसीली सहरको पालेर्मोस्थित एउटा निजी क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो ।

    प्रहरी फौजको विशेष अभियान टोलीको नेतृत्व गरेका काराविनिएरी जनरल पास्कवाले एन्जेलोसान्ताले अज्ञात रोगको उपचार गराइरहेको अवस्थामा उनलाई क्लिनिकबाट पक्राउ गरिएको बताएका छन् ।



    काराविनिएरीका दुईजना प्रहरी अधिकारीले उनलाई क्लिनिकबाट समातेर बाहिर राखिएको कालो भ्यानमा राखेर लगेका थिए । इटालीको सरकारी टेलिभिजनले प्रहरीले तत्कालै एक गोप्य स्थानमा लगेको जनाएको छ । युवा अवस्थामा फरार भएका उनी अहिले ७० वर्ष उमेरका छन् । उनको पश्चिमी सिसीलीको बन्दरगाह सहर ट्रापानीमा शक्ति केन्द्रित रहेको थियो ।



    दशकौँसम्म पनि सयौँ प्रहरी परिचालन गरेर पनि पक्राउ गर्न नसकिएका तीनजना उच्च स्तरका माफिया बोसमध्ये उनी पछिल्लो हुन् । मेस्सिना दिनारोको अनुपस्थितिमै उनलाई अदालतमा दर्जनौँ हत्यामा दोषी करार गर्दै थुप्रै मृत्युदण्ड सुनाइएको थियो ।

    सन् १९९२ मा माफिया विरोधी चर्चित वकिलहरू गियोभानी फाल्कोने तथा पावोलो बोसेल्लिनो र फाल्कोनकी पत्नी लगायत उनीहरूका थुप्रै अंगरक्षकलाई सिसीलीमा दुईवटा बम आक्रमण गरी मारेको अभियोगमा पनि उनले सजाय भोग्नु बाँकी नै छ ।

    उनले गरेको अर्को डरलाग्दो अपराधमा एकजना माफियाका कलिलो उमेरका छोरोको हत्या पनि हो । अपहरणपछि घाँटी थिचेर मारिएका ती बालकको लाशपछि एसिडमा घोलिएको अवस्थामा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार