काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।
दलहरूबीच भएको सहमति अनुसार बैठकले एमालेलाई सबैभन्दा धेरै ८ मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति जुटाएको हो । एमालेबाट यसअघि विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनिसकेका छन् भने तीन जना बिनाविभागीय मन्त्री छन् ।
सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको छ। माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्। माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ ।
राप्रपाले ३, रास्वपाले ३ र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ। राप्रपाले उपप्रधानसहित उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाटका लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।
गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् ।
Leave a Reply