Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् राप्रपाले पाएका उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय दिने निर्णय बैठकले गरेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने स्रोत बताउँछ।

सहरी विकास र खेलकुद मन्त्रालयको जिम्मेवारी भने कसलाई दिने टुंगो भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077