काठमाडौं । सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । मन्त्रालयको भागबण्डालाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको हो ।
सोमबार मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब पाँच घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।
बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन् । सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन् ।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उक्त छलफलले सभामुख, उपसभामुखसहित मन्त्रालयको भागबण्डा मिलाइसकेको छ ।
Leave a Reply