Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोभारमा सडकबाट खस्यो कार

काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।

अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ। कारमा कति जना सवार थिए भन्ने खुलेको छैन।

कारमा सवार एक जनाको उद्धार गरी प्रहरीले बयोधा अस्पतालमा पुर्‍याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077