पोखरा। यती एयरलाइन्सको ९-एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ ।
विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको हो । अहिलेसम्म गायिका निरा छन्त्यालको शवको सनाखत भएको छ ।
डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले जनाएको छ ।
विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ ।
Leave a Reply