Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यती एयर दुर्घटना: पानीबाट निकालियो थप एक जनाको शव

    यती एयर दुर्घटना: पानीबाट निकालियो थप एक जनाको शव

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 705
    SHARES

    कास्की । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सेती नदीबाट सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालेको हो।

    अहिले उक्त शवलाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिएको छ । अहिलेसम्म अस्पतालमा ६८ जनाको शव राखिएको छ। बाँकी तीन जना बेपत्ताको खोजी गरिरहेको छ।



    त्यहाँ अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। आइतबार बिहान १०स्३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको थियो।



    पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटना भएको हो। जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परेको हो। गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ। प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार