Online Nepal
  • बुधबार, १० पुष २०८१
  • विशेषज्ञ टोलीले सुरू गर्यो शव पोष्टमार्टम, एउटैकाे डेढ घण्टासम्म लाग्ने

    विशेषज्ञ टोलीले सुरू गर्यो शव पोष्टमार्टम, एउटैकाे डेढ घण्टासम्म लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 945
    SHARES

    गण्डकी । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ ।

    शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।



    पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् ।



    दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

    पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार