Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यती एयर दुर्घटना : शव दिन ढिलाई गरेको भन्दै मृतकका आफन्त आक्रोशित

    यती एयर दुर्घटना : शव दिन ढिलाई गरेको भन्दै मृतकका आफन्त आक्रोशित

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 924
    SHARES

    पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।

    शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।



    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका छन् ।



    अस्पतालले पहिचान भएका र पोस्टमार्टम भएका शव पनि आफन्तलाई दिएको छैन ।

    अस्पतालले सबै शव जम्मा भएपछि मात्र सोमबारबाट दिने बताएको थियो । तर, पहिचानका शव पनि दिन ढिला गरेको भन्दै आफन्त आक्रोसित बनेका छन् । अस्पतालले पनि पोस्टमार्टम भइरहेको र क्रमश दिइने बताएको छ ।

    दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार