Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यती एयर दुर्घटना : फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

    यती एयर दुर्घटना : फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 633
    SHARES

    कास्की । यती एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्न काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् ।

    त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा। गोपाल चौधरी र डा। समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।



    दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।



    पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।

    नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार