Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चालक दलका सदस्यसहित केहीको शव काठमाडौं ल्याइने

    चालक दलका सदस्यसहित केहीको शव काठमाडौं ल्याइने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 690
    SHARES

    कास्की। पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर घर भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।

    दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ ।



    १९ जनाभन्दा बढीको शव काठमाडौं ल्याउन लागिएको हो । विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइनेछ ।



    माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एनएनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार