काठमाडौं । अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, उनका श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।
सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ ।
सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो ।
Leave a Reply