Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु

दाङ । दाङमा आाज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ !

घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो ।

आज बिहान सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घटना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077