Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भेटियो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

    भेटियो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 642
    SHARES

    पोखरा । दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो ।

    उक्त बक्स मात्रै दुर्घटनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दुर्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दुर्घटना भएको बेला नजल्ने यन्त्र पनि हो । दुर्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो ।



    तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् ।



    यतिबेला पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

    शवहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृतकहरुको शव आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार