Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • यती एयर दुर्घटनामा फेला परेका ६८ शवको पोस्टमार्टम सुरु

    यती एयर दुर्घटनामा फेला परेका ६८ शवको पोस्टमार्टम सुरु

    विदेशीको शव काठमाडौं पठाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 639
    SHARES

    पोखरा। यती एयरलाइन्सको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ ।

    पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव पोस्टमार्टम गर्न थालिएको हो ।



    सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने अस्पतालले जनाएको छ । पहिचान भएका र विदेशीको शव काठमाडौं ल्याइँदै छ ।



    घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको छ ।

    अहिले सम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार