पोखरा । दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा शव देखेर पनि निकाल्न कठिन भएको छ ।
पोखराको नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा रहेका शव आज बिहानैबाट निकाल्न थालिएको हो।
हिजो बेलुका ६६ वटा शव संकलन र बाँकी रहेका शव बिहानदेखि निकाल्न थालिएको छ । शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन् ।
विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।
बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाउने काम भैरहेको छ ।
Leave a Reply