Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालकोटको बार्दलीमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ‘लञ्च मिटिङ’

    बालकोटको बार्दलीमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ‘लञ्च मिटिङ’

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

    यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।



    राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् ।

    प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बालुवाटार स्रोतले जनाएको छ ।

    दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार