Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • फ्रेन्च लिग वान : एमबाप्पेबिना खेलेको पीएसजी रेनेससँग पराजित

    फ्रेन्च लिग वान : एमबाप्पेबिना खेलेको पीएसजी रेनेससँग पराजित

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 639
    SHARES

    काठमाडौं । स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति फ्रेन्च लिग वानमा रेनेससँग पराजित भएको छ ।

    रेनेसले घरेलु मैदानमा पीएसजीलाई १–० गोलले पराजित गरेको हो । हारसँगै पीएसजीको शीर्ष स्थानको अग्रता तीन अंकमा झरेको छ ।



    केलियन एमबाप्पेलाई बेन्चमा राखेको पीएसजीले अग्रपंक्तिको जिम्मेवारी नेइमार, लियोनल मेसी र युवा खेलाडी ह्युगो इकिटिकेलाई दिएको थियो । तर, पाहुना टोली पीएसजीको रणनीति सफल हुन सकेन । अंक गुमाउनुपर्‍यो । रेनेसको जितमा हहमारी ट्राओरेले ६५औँ मिनेटमा गरेको गोल गरे ।



    पीएसजीको १९ खेलबाट ४७ अंक छ । त्यो दोस्रो स्थानको लेन्सभन्दा तीन अंकले पछाडि हो । विजयी रेनेस १९ खेलबाट ३७ अंक जोडेर पाँचौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार