Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पोखराको विमान दुर्घटनामा ६९ जनाको मृत्यु, ३ जना अझै फेला परेनन्

    पोखराको विमान दुर्घटनामा ६९ जनाको मृत्यु, ३ जना अझै फेला परेनन्

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 669
    SHARES

    काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६९ जनाको मृत्यु पुष्टि भएको हो । तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ।



    ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ। प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको कास्की प्रहरीले बताएको छ ।



    यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको छ । घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको प्रहरीले बताएको छ ।

    विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार