Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि,शवको सनाखत गर्न थालियो

    पोखरा जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि,शवको सनाखत गर्न थालियो

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 1.1K
    SHARES

    पोखरा । पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

    दुर्घटनास्थलमा अहिलेसम्म ६४ जनाको शव फेला परेका कास्की प्रहरीले बताएको हो। मृतकमध्ये ५ जनाको सनाखत भएको छ ।



    जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।



    यस्तै, दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेजमा सनाखत गर्न थालिएको छ ।

    विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

    सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार