काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका हुन् ।
आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ ।
यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् ।
Leave a Reply