Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍‍को बैठक सुरू भएको छ।

    पोखरामा काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन्।



    अहिले उक्त बैठक जारी छ। बैठकअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कन्ट्रोल रूममा पुगेर जानकारी लिएका थिए।



    पोखरा महानगरपालिका-१५ स्थित सेती खोँचमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ। अहिले ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ। जहाजमा चार चालकदलसहित ७२ जना सवार थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार