Online Nepal
  • बुधबार, १० पुष २०८१
  • विमान दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

    विमान दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 537
    SHARES

    पोखरा । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

    विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको हो ।



    विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त एटीआर ७२ विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क गरी कुल ६८ यात्रु थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार