Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।



    काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन-एएनसी एटीआर ७२ जहाजको दुस्खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ ।



    प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् ।

    दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार