Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पोखरामा दुर्घटनाग्रस्त यती एयरको जहाजमा थिए ७२ यात्रु

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

यती एयरलाइन्सका अनुसार ७२ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ ।

स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077