Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सानोठिमीमा योगाभ्यास गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

    सानोठिमीमा योगाभ्यास गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 618
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् ।

    भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले पनि योग गरेका हुन् ।





    कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए । प्रमुख अतिथिको आसनमा रहेका प्रधानमन्त्री प्रचण्डले मञ्चमै गुरुको साथमा योग गरे ।

    आजका दिनलाई नेपालमा राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ ।

    आज ‘स्वस्थ जीवनको चाहना योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार