Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – योगलाई आत्मसात् गर्न सके मात्र मानिस सन्तुष्ट हुन सक्छ

    प्रधानमन्त्री प्रचण्डले भने – योगलाई आत्मसात् गर्न सके मात्र मानिस सन्तुष्ट हुन सक्छ

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगलाई आत्मसात् गरे मात्र मानिस खुसी हुन सक्ने बताएका छन् ।

    आठौँ राष्ट्रिय योग दिवसका आवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भौतिक विकासले मात्र मानिस जातीको रक्षा गर्न नसक्ने बताए ।



    उनले भने,’भौतिक विकासले मात्र मानिस खुसी हुन सक्दैन, भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र जीवन सार्थक बनाउन सकिन्छ ।’



    योगको आवश्यकताबारे नेपाल सरकारले शिक्षाका माध्यमबाट जनमानसमा पुर्‍याउने काम गर्ने प्रचण्डले प्रतिबद्धता पनि जनाए ।

    पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको सन्दर्भमा रोगलाई रोक्ने सर्वोत्तम उपाय पनि योग हो भन्ने कुरा भुल्न नहुनेमा उनले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार