Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् – प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्, अरूले समर्थन गरून्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री प्रचण्डबाट आएको यस्तो प्रस्तावको अरु दलले समर्थन गर्नु पर्ने पनि जिकिर गरेका हुन् ।

उनले शान्तिसम्झौतापछिको अवस्थालाई यो तर्कका लागि सम्झिएका छन् ।

‘शान्तिसम्झौताको लगत्तै पछिदेखि प्रमुख दलहरू वीच सहमति कायम हुन नसक्दा संविधान निर्माण, शान्तिप्रकृया, सुशासन र विकासनिर्माणका समस्या बल्झेको कटु अनुभवबाट सिकेर अहिले इतिहासले जुराएको सहमतिको अवसरको सदुपयोग गरौं ।प्रम प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस् र अरूले समर्थन गरून् !' उनले ट्विटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077